प्रस, वीरगंज, फागुन २२/
बहुदरमाई नगरपालिका–९ विश्रामपुर मौजेटोल निवासी विश्वनाथ महतो कोइरीका छोरा धुरेन्द्रकुमार कुशवाहाको ज्यान लिनेगरी भएको कुटपिट घटना अहिले विवादित बन्दै गएको छ ।
प्रहरीलाई आर्थिक प्रभावमा पारी उतिबेला पीडकहरूले उन्मुक्ति पाए पनि अहिले उनीहरूविरुद्ध थप अनुसन्धान शुरू भएको छ । पीडित कमल भनिने धुरेन्द्र कुशवाहालाई सम्पत्तिको विषयलाई लिएर उनकै भाइहरू धर्मेन्द्र भनिने कृष्ण कुशवाहा र विक्रम भनिने दीपेन्द्र कुशवाहाले कुटपिट गरेका थिए ।
पीडित धुरेन्द्रलाई कुटपिटबाट घाउचोट लागेपछि उपचारको लागि नारायणी अस्पताल पुगेका थिए । अहिले अनुसन्धानको क्रममा प्रहरीले फरक रिपोर्ट देखाएपछि उनी अहिले विभिन्न निकायमा पुगेका छन् ।
सो बेला उनको टाउकोमा छवटा टाका लागेको नारायणी अस्पतालको ट्रमा फाराममा उल्लेख छ । अहिलले अनुसन्धानको क्रममा प्रहरीको मेडिकल रिपोर्ट नारायणी अस्पतालले टाउकोमा तीनवटा मात्र टाका लागेको प्रमाण दिएपछि पीडित धुरेन्द्र नेपाल मेडिकल काउन्सिलमा पुगेपछि विवाद चर्केको हो । प्रहरी रिपोर्ट तथा मेडिकल रिपोर्ट फरक पाएपछि पीडित धुरेन्द्रले सम्बन्धित निकायमा सत्यतथ्य छानबीन गर्न उजूरी गरिसकेका छन् ।
पीडित धुरेन्द्रलाई उपचारको लागि २०८० साउन १० गते नारायणी अस्पतालमा पु¥याउँदा उनको जीउ रक्ताम्य भएको, उनको टाउकोमा उतिबेला छवटा टाका लगेको रिपोर्टमा उल्लेख छ । तर प्रहरीले उनको टाउकोमा तीनवटा मात्र टाका लागेको भन्दै रिपोर्ट दिएपछि उनी सम्बन्धित विभिन्न निकायमा पुगेका हुन् ।
पीडित धुरेन्द्रले स्वास्थ्य परीक्षण गरेका डा अजितकुमार साहले गलत रिपोर्ट बनाएकोविरुद्ध आफू अदालतसमेत गएको बताए ।