तोरीमा लाही कीराको प्रकोप

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, २२ फागुन/
सर्लाही जिल्लामा तोरी फल्ने समयमा लाही कीराको प्रकोप देखिएपछि किसानहरू चिन्तित भएका छन् । लाही कीराले तोरी बालीमा ८० प्रतिशत क्षति पु¥याएको किसानहरूले बताएका छन् ।

गत असोज महीनादेखि पानी नपरेको तथा कडा घाम पनि नलागेकोले लाही कीराको प्रकोप बढेको किसानहरूको अनुमान छ ।

लाही कीराले खाएको तोरीबाली राम्रो नहुने, दाना मसिनो हुने तथा कतिपय अवस्थामा पूरै बाली नै सखाप हुने गरेको छ । लाही कीराबाट जोगाउन तोरीमा खरानी छरे पनि खासै फाइदा नभएको किसान जोगिन्द्र रायले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।