आगलागीको कारण नेटुवा परिवारको बिचल्ली

प्रस, पचगावाँ, १४ फागुन/ जीराभवानी गाउँपालिका–१ ललितपुर टोल निवासी मुन्ना नेटुवाको घरमा आइतवार आगलागी भएको छ । विद्युत् सर्टसर्किट भएर आगलागी हुँदा खाद्यान्न, कपडा, गहनालगायत सामग्री जलेर नष्ट भएको प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक ललितकुमार साहले बताए । आगोलाई वीरगंज महानगरको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयवासीले निभाएका थिए । आगलागीपछि नेटुवा परिवारको बिचल्ली भएको स्थानीय […]

कपडा लोड ट्रक नियन्त्रण

प्रस, वीरगंज, १४ फागुन/ सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले वीरगंज–२५ अलौबाट ७० लाख मूल्य बराबरको कपडासहित ट्रक नियन्त्रणमा लिएको छ । काठमाडौं जाँदै गरेको ना.८ ख ३९७८ नम्बरको ट्रक सशस्त्र प्रहरीले चेकजाँच गर्दा बिलभन्दा बढी सामान भेटिएपछि नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

सखुवाप्रसौनी क्रिकेटः कालिकामाई फाइनलमा

दिनेशकुमार मिश्र, वीरगंज, १४ फागुन/ दोस्रो सखुवाप्रसौनी क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत सोमवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कालिकामाई विजयी भएर फाइनलमा प्रवेश गरेको छ । परवानीपुर गापाले टस जितेर निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाइ १२१ रन बनाएको थियो । सोविरुद्ध ब्याटिङ गरेको कालिकामाईले २० ओभरमा आठ विकेटको क्षतिमा १२२ रन बनाएर दुई विकेटले जितेको हो […]

अल्पाइन टी–२०ः ग्लोबल बिजनेश र मिनील्यान्ड सेमिफाइनलमा

प्रस, वीरगंज, १४ फागुन/ अल्पाइन अन्तरकलेज टी–२० कप २०८० अन्तर्गत सोमवार क्वाटरफाइनल खेल शुरू भएको छ । पहिलो खेलमा ग्लोबल बिजनेश कलेजले वीरगंज सेन्ट्रल कलेजलाई ९७ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिला ब्याटिङ गर्दै ग्लोबल बिजनेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६३ रन बनाएको थियो । ग्लोबलका विवेक यादवले ५३, नीरज […]

जनप्रतिनिधिहरू जिम्मेवार बन्नुस्

दुई वर्ष अघि चुनावमा उम्मेदवार बनेकाहरूले सामाजिक सुरक्षा भत्ता घरमा पु-याउने वचनबद्धता गरेका थिए । चुनावमा भोट लिनका लागि तत्कालीन जनप्रतिनिधिहरूमध्ये धेरैले सामाजिक सुरक्षा भत्ता घरमा पु-याएर सहानुभूति पनि बटुले । तर चुनाव सकिएको दुई वर्ष हुन लाग्दा अहिले घरमा पु-याउने कुरा त परै जाओस्, सहजरूपमा समाजिक भत्ता पाउने वातावरण तयार नगर्दा सयौं मानिस सामाजिक […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।