अमेरिकाको नजर आगामी सातासम्म इजराइल–हमास युद्धविरामतिर

गाजापट्टी, १५ फागुन/एएफपी अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच नयाँ युद्धविराम सोमवारदेखि शुरू हुन सक्ने बताएका छन् । उक्त सम्झौतामा कैयौं सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौं बन्धकलाई मुक्त गर्न सकिनेछ । युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजरायल र हमासबीच मध्यस्थता गरिरहेका छन् र वार्ता जारी छ । […]

नेशनल मेडिकल कलेजमा बबालै–बबाल

प्रस, वीरगंज, १४ फागुन/ नेशनल मेडिकल कलेजको विवाद चुलिंदैछ । हिजो मेडिकल कलेजका नयाँ प्रबन्ध निर्देशक डा शाहनवाज अन्सारीले पत्रकार सम्मेलन गरेर पूर्व प्रबन्ध निर्देशक एवं काका बसरूद्दीन अन्सारीलाई पदमुक्त गरेको र उनको नेशनल मेडिकल कलेजमा १० प्रतिशत मात्र शेयर भएको बताएका थिए । फागुन ४ गते बसेको बोर्ड बैठकले अध्यक्षमा पिता डा जैनुद्दीन अन्सारीसहित […]

मिटरब्याजीविरुद्ध ७७९ उजूरीमा मिलापत्र

प्रस, वीरगंज, १४ फागुन/ जिल्ला प्रशासन कार्यालय, बारामा परेको अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी उजूरीमध्ये ७७९ वटा उजूरीलाई मिलापत्र र सहमतिबाट समाधान गरेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् । उनले वैशाख १७ गतेदेखि जिल्ला प्रशासनमा ३३३२ वटा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी उजूरी परेको र त्यसमध्ये पहिलो चरणमा माघको अन्तिमसम्म […]

शङ्कास्पद वस्तुु विष्फोटबाट एकजनाको मृत्युु, पाँचजना घाइते

प्रस, निजगढ, १४ फागुुन/ निजगढ नगरपालिका–७ स्थित रोहित वर्कशपमा शङ्कास्पद पस्तुु काट्ने क्रममा सोमवार दिउँसो करीब १२ बजे विष्फोट हुुँदा वर्कशप सञ्चालक निजगढका ४५ वर्षीय रेशम मगरको मृत्युु भएको छ भने, पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । भारत बस्ने ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन्द साह गम्भीर घाइते भएका […]

जिल्ला प्रशासन, पर्सामा सेवाग्राही पीडित

नितेश कर्ण, वीरगंज, १४ फागुन/ जिल्ला प्रशासन कार्यालय, पर्सामा राष्ट्रिय परिचयपत्रका लागि जाने सेवाग्राहीमध्ये ज्येष्ठ नागरिकहरूसँग असल व्यवहार नभएको गुनासो छ । सामाजिक सुरक्षा भत्ताको लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिप्रका, पर्सामा भीड बढेको छ । योसँगै कार्यालयमा कार्यरत कर्मचारीहरूले भने ज्येष्ठ नागरिकमैत्री व्यवहार नगरेको वीरगंज महानगरपालिका–२० हरपतगंज निवासी ७६ वर्षीया राजपति देवीले गुनासो […]

वीरगंज कलेजले खाना तथा सांस्कृतिक मेला आयोजना गर्ने

प्रस, वीरगंज, १४ फागुन/ वीरगंज कलेजले सोमवार पत्रकार सम्मेलन गरेर यस वर्ष पनि ‘सिक्दै कमाउँदैं’ कार्यक्रम अन्तर्गत दुई दिने खाना तथा सांस्कृतिक मेला आयोजना गर्ने बताएको छ । कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी निर्देशक डा दीपेन्द्र चौधरीले यही फागुन १८ देखि १९ गतेसम्म दुई दिन खाना तथा सांस्कृतिक मेला आयोजना भइरहेको बताए । गत वर्षको […]

नेपाली अटो, ईरिक्शालाई रक्सौल प्रवेशमा निषेध

प्रस, वीरगंज, १४ फागुन/ रक्सौल नगरपरिषद्ले नेपाली नम्बरका अटो, ईरिक्शालाई रक्सौल प्रवेशमा निषेध गरेको छ । रक्सौल बजारमा नेपाली नम्बरका अटो, ईरिक्शा रेलवे ढालानजीक भारत पेट्रोलपम्प अगाडि पार्किङ हुँदै आएकामा सवारी जाम बढेको भन्दै नगरपरिषद्ले आइतवारदेखि नेपाली नम्बरका अटो, ईरिक्शालाई रक्सौल प्रवेशमा निषेध गरेको छ । भारतीय नम्बरका अटो, ईरिक्शा शुरूदेखि नेपाल प्रवेशमा निषेध गरिएको […]

औषधि बरामद

प्रस, वीरगंज, १४ फागुन/ सशस्त्र प्रहरीले रु अढाई लाखको औषधि बरामद गरी भन्सार कार्यालय चलान गरेको छ । वीरगंज महानगर–६ अलखियामठबाट सोमवार दिउँसो सशस्त्र प्रहरीले अढाई लाख मूल्य बराबरको औषधि बरामद गरेको जनाएको छ । भारतीय नम्बरको मोटरसाइकलमा सवार दुईजनाले कार्टुनमा औषधि ल्याइरहेको र रोक्दा उनीहरू मोटरसाइकल र औषधि फालेर फरार भएका थिए । २०० […]

नेपाल राजभरको वार्षिकोत्सव सम्पन्न

नरेश यादव, पर्सागढी १२ फागुन/ ‘आऔ हामी सबै मिलिजुली समाज जुटाऔ’ नाराका साथ नेपाल राजभर समुदायले वीरगंज–१९ विन्ध्यवासिनीमा प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा बारा र पर्साका राजभर समुदायको सहभागिता थियो । कार्यक्रममा जसपा जिल्ला सदस्य सुरेन्द्रलाल साहले समाजभित्र रहेको राम्रा–नराम्रा कामको मूल्याङ्कन गर्नुपर्ने बताए । उनले सबै मिलेर असल समाज निर्माण गर्नुपर्ने बताए । […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।