जिल्ला प्रशासन, पर्सामा सेवाग्राही पीडित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, १४ फागुन/
जिल्ला प्रशासन कार्यालय, पर्सामा राष्ट्रिय परिचयपत्रका लागि जाने सेवाग्राहीमध्ये ज्येष्ठ नागरिकहरूसँग असल व्यवहार नभएको गुनासो छ ।

सामाजिक सुरक्षा भत्ताको लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि जिप्रका, पर्सामा भीड बढेको छ । योसँगै कार्यालयमा कार्यरत कर्मचारीहरूले भने ज्येष्ठ नागरिकमैत्री व्यवहार नगरेको वीरगंज महानगरपालिका–२० हरपतगंज निवासी ७६ वर्षीया राजपति देवीले गुनासो गरिन् । उनले आफू पढेलेखेको नभएको र सो कार्यको लागि कर्मचारीहरूले सहयोग गर्नुपर्नेमा सो नगरेको बताइन् । उनले परिचयपत्रमा मोबाइल नम्बर अनिवार्य राखिनुपर्ने प्रावधान रहेको तर आपूmसँग मोबाइल नभएको र सोको कारण परिचयपत्र बनाउनबाट वञ्चित भएको बताइन् ।

राष्ट्रिय परिचयपत्रमा अहिले मोबाइल नम्बर अनिवार्य गरिएको छ र मोबाइल नम्बर नभएकाहरूले समस्या भोग्नुपरेको छ ।

यसैगरी, कर्मचारीहरूले ज्येष्ठ नागरिकलगायत सेवाग्राहीसँग असल व्यवहार नगरेका कारण सो फाँटमा दिनहुँ विवाद हुने गरेको छ । राष्ट्रिय परिचयपत्रसँगै दर्ता चलानीमा पनि यसै प्रकारको विवाद हुने गरेको छ । त्यहाँ कार्यरत कार्यालय सहायकले असल व्यवहार नगरेको गुनासो बढेपछि निजलाई अहिले वीरगंज कारागारमा सरुवा गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी धु्रव लम्सालले कर्मचारीहरूबाट हुने गरेका समस्याबारेमा ध्यानाकर्षण भएको र सोलाई सच्याउने कार्य भइरहेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।