आफ्नै दलबारे आफ्नो चर्चा
• विनोद गूप्ता आज चर्चा गरौं देशकै सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसको । यस दलले यस वर्ष माघ १२ गते आफ्नो स्थापनाको ७७ वर्ष पूरा गरी ७८औं वर्षमा प्रवेश गरेको छ । नेपालमा राणा शासनविरुद्ध अभियान चलिरहँदा भारतमा रहेका नेपाली युवाहरूको प्रयासमा, विसं २००३ साल माघ १२ गतेदेखि १५ गतेसम्म कलकत्ताको भवानीपुरमा एउटा भेला आयोजना […]
विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने ?
काठमाडौं, १५ फागुन/रासस प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको मङ्गलवारको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर देखिएको छ । राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ मा प्रतिनिधिसभामा राखिएका संशोधनका विषयमा आजका लागि राखिएको छलफलमा कतिपय सांसदले नयाँ विश्वविद्यालय आवश्यक हो/होइन […]
सूचना प्रविधि क्षेत्रका परियोजना तयार गर्न मन्त्री शर्माको आग्रह
काठमाडौं, १५ फागुन/रासस सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने भनिएको लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजनामा तयारी गर्न निजी क्षेत्रलाई आग्रह गरेकी छन् । नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसिएशन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीका पदाधिकारीसँग मङ्गलवार भएको भेटमा उनले यस्तो आग्रह […]
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दशजना पक्राउ
काठमाडौं, १५ फागुन/रासस केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको छ । ऋण अपचलन गरेको अभियोगमा न्यौपानेसहित १० जनालाई मङ्गलवार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । “१० जनालाई नियन्त्रणमा लिएका छौं,” उनले भने, “अहिले छानबीन जारी […]
नेप्से परिसूचकको उकालो यात्रा जारी
काठमाडौं, १५ फागुन/रासस धितोपत्र बजारमा शेयर कारोशार मापक नेप्से परिसूचक मङ्गलवार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर ३५७ दशमलव शून्य नौमा […]
क्यान्सरलाई जरैबाट नष्ट गर्ने ट्याबलेट
भारतको टाटा मेमोरियल सेन्टरका चिकित्सकद्वारा तयार गरिएको न्युट्रास्युटिकल थेरेपी क्यान्सर रोगीको लागि वरदानभन्दा कम छैन । यसलाई तयार गर्ने चिकित्सकको टोलीको भनाइ छ कि यस थेरापीलाई मेटास्टेसिस क्यान्सरको उपचार र यसको जोखिमलाई कम गर्न विकसित गरिएको हो । अनुसन्धानमा एक दशकभन्दा बढी समय लागेको चिकित्सकले जनाएका छन् । के हो मेटास्टेसिस क्यान्सरः यो त्यस अवस्थालाई […]
जाउलाखेल राष्ट्रिय पुरुष फूटलब प्रतियोगिताको सेमिफाइनल
काठमाडौं, १५ फागुन/रासस राजधानीमा जारी केपी ओली कप राष्ट्रिय पुरुष फूटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले आयोजक केपी ओली एफसीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा मङ्गलवार भएको खेलमा जाउलाखेलले केपी ओली एफसीलाई २–१ गोलअन्तरले पराजित ग-यो । उसको जीतमा निराजन धामी र नीरज चौधरीले समान एक/एक गोल गरे । खेलको […]
नेपाल नामिबियासँग पराजित
काठमाडौं, १५ फागुन/रासस त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । जीतका लागि नामिबियाले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १८६ रनमा समेटियो । सुरुआती ब्याटिङ कमजोर रहेको नेपालले मध्यक्रममा भने केही सम्हालिएर ब्याटिङ गरे पनि जीत निकाल्न भने सकेन […]
२०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नो स्टेशन हुनेछ –मोदी
तिरुवनन्तपुरम, १५ फागुन/एएनआई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार सन् २०३५ सम्म मुलुकसँग आफ्नो अन्तरिक्ष स्टेशन हुने र यसले त्यहाँको अज्ञात विस्तारको अध्ययनमा सहयोग गर्ने बताएका छन् । तिरुवनन्तपुरममा विक्रम साराभाइ अन्तरिक्ष केन्द्र (भिएसएससी)मा एक भेलामा उनले भारतीय अन्तरिक्ष यात्री आफ्नै रकेटबाट चन्द्रमाको सतहमा अवतरण हुने बताए । “सन् २०३५ सम्ममा भारतसँग अन्तरिक्षमा आफ्नै अन्तरिक्ष स्टेशन […]
युक्रेनमा सेना पठाउने कल्पना नगरेको स्वीडेनको भनाइ
स्टकहोम, १५ फागुन/एएफपी नाटोमा सामेल हुन तयार रहेको स्वीडेनले अहिले नै युक्रेनमा स्थलसेना पठाउने कल्पना नगरेको मङ्गलवार बताएको छ । आफ्नो मुलुकले ट्रान्सएट्लान्टिक सैन्य गठबन्धन (नाटो)मा सामेल हुनका लागि अन्तिम अवरोध पार गरेको एक दिनपछि प्रधानमन्त्री उल्फ क्रिस्टरसनले स्वीडिश सार्वजनिक प्रसारक एसभिटीलाई भने, “यो अहिले बिल्कुल सम्भव छैन ।” पश्चिमी नेताहरूले युक्रेनलाई रूसी आक्रमणकारी सेनालाई […]