मिटरब्याजसम्बन्धी कानून विषविनाको सर्पजस्तै –पीडित पक्ष

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, २८ माघ/
मिटरब्याजसम्बन्धी शक्तिशाली आयोग गठन हुनुुपर्ने, मिटरब्याजसम्बन्धी कानून संशोधन गर्नुपर्ने, साहुमहाजनहरूको सम्पत्ति शुद्धीकरण हुनुपर्ने, पक्राउ परेका सम्पूूर्ण पीडितहरू सम्मानजनकरूपमा सरकारले रिहाइ गर्नुपर्नेलगायतका माग राखी मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति, नेपालको अगुवाइमा शुुरू भएको पैदल मार्च आइतवार बाराको निजगढबाट हेटौंडातर्पm अघि बढेको छ ।

आफूहरूले गरेको आन्दोलनको दबाबमा सरकारले ल्याएको मिटरब्याजसम्बन्धी कानून विषविनाको सर्पजस्तै भएको आरोप लगाउँदै वास्तविक पीडितहरूका समस्या र मागलाई सरकारले बेवास्ता गरेको भन्दै पुुनः आन्दोलन गर्न सङ्घीय राजधानी काठमाडौंतर्पm अघि बढेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति, नेपालका केन्द्रीय सदस्य लक्ष्मी घिमिरेले बताइन् । यस विषयमा देशभरिबाट २९ हजार निवेदन परेकामा पाँच हजार मात्र फछ्यौट भएको भनेर फर्जी सम्झौता गरेर गृहमन्त्रीले मन्त्रिपरिषद्मा बुुझाएको यससम्बन्धी अध्यादेश, विधेयक आउँदा पनि आफूहरूले वास्तविक पीडितहरूको समस्यालाई उचित सम्बोधन गर्न नसक्ने जनाउँदै विरोध गर्दा आफूहरूमाथि सरकारले बल प्रयोग गरेको केन्द्रीय सदस्य घिमिरेले बताइन् ।

वास्तविक पीडितलाई समयमैं उचित न्याय दिलाउन सङ्घीय सरकारको ध्यान केन्द्रित गर्न हामीहरूले उठाएका मागलाई सम्बोधन गर्ने भन्दै सरकारले ल्याएको मिटरब्याजसम्बन्धी आयोग साहुमहाजनको पक्षपोषणका लागि मात्रै भएको जिकिर गर्दै पुनः काठमाडौं पुुगी सशक्त आन्दोलन गर्न मिटरब्याजविरुद्ध न्याय मार्च पूूर्व मेचीदेखि पश्चिम महाकाली हँुुदै चितवनमा एकीकृत भई पैदल यात्रा गरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति, नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुुशवाहाले बताए ।

“त्यति बेला हामीलाई सरकारको नियतमाथि शङ्का थियो कि यो सरकार पीडितहरूको पक्षमा छैन, जुन अहिले महसूस भई सरकारलाई पुनः दबाब दिन सङ्घर्ष समिति लागेको छ,” अध्यक्ष कुुशवाहले भने । सरकारले गठन गरेको मिटरब्याजसम्बन्धी अनुुचित लेनदेन आयोग साहुुमुुखी रहेकोसमेत -यालीमा सहभागी अधिकांशको भनाइ थियो ।

-यालीमा करीब पाँच सयजना पीडित पैदल हिंडेर काठमाडौंमा पुगी कडा आन्दोलन गर्ने उच्च मनोबलका साथ पूूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढमा आइपुुगी हेटौंडातर्पm अघि बढेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।