गोली प्रहारबाट सिंहको हत्या

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

सुग्रीव साह, भिस्वा, २८ माघ/
रक्सौल हरैया निवासी अनुप सिंहलाई आइतवार दिउँसो सुगौलीको छपुवानिर अज्ञात समूहले गोली हानी हत्या गरेको छ । सुगौलीस्थित टोलटैक्समा गाडी शुल्क बुझाउने क्रममा स्कार्पियोमा आएका समूहले सुजुकी कारमा रहेका सिंहमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । गोली प्रहारबाट घाइते सिंहलाई मोतिहारी जिल्ला अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सिंह आज कामविशेषले मोतिहारी गएका थिए र फर्कने क्रममा यो घटना भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।