विकास निर्माणको अनुगमन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २८ माघ/
विन्ध्यवासिनी गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसिया नेतृत्वमा आइतवार पालिकास्तरमा निर्माण भइरहेको नदीको तटबन्ध र मन्दिर निर्माणको अनुगमन भएको छ ।

वडा नं ५ प्रसौनीस्थित गाद नदीमा रु पाँच लाखको लागतमा तटबन्ध निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत कार्य सम्पन्न भइसकेको पाइएको अनुगमनमा रहेका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए । यसैगरी, वडा नं १ विश्रामपुरमा निर्मित मन्दिरको पनि अनुगमन गरिएको थियो । मन्दिर निर्माणको लागि विनियोजित बजेट अपुग भएपछि अहिले ६० प्रतिशत काम पूरा भएर अधूरो अवस्थामा छ । यस वर्ष बजेट विनियोजन नभएकोले काम अधूरो भएको र आगामी वर्ष यो शीर्षकमा बजेट विनियोजन गरेर काम पूरा गर्ने गापाध्यक्ष चौरसियाले बताइन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।