प्रस, रौतहट, २७ माघ/
रौतहट जिल्लास्थित गौर प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट डा मुरारी ठाकुरले पत्रकारसँग दुव्र्यवहार गरेका छन् । अस्पताल सुधारका लागि आवाज उठाउँदै आएका पत्रकार नेवालाल यादवसँग अस्पतालका जिम्मेवार दुईजनाले दुव्र्यवहार गरेको पत्रकार ठाकुरले बताए ।
हिजो दिउँसो समितिका अध्यक्ष हासमी र मेसु डा ठाकुरसँग सूचना माग गर्दा धाकधम्की दिएको पत्रकार ठाकुरले बताए । पत्रकार ठाकुरले सूचनाको हकसम्बन्धी कानून अनुसार आफूले सूचना माग गर्दा दुवैजनाले धम्क्याएको बताएका छन् ।
समितिका अध्यक्ष हासमीले आफूले कुनै दुव्र्यवहार नगरेको दाबी गरे । उनले आफू कर्मचारीहरूलाई तलब खुवाउने विषयमा व्यस्त रहेकोले पत्रकार यादवलाई पछि सम्पर्क गर्न मात्र भनेको बताए ।