प्रस, वीरगंज, २७ माघ/
वीरगंज महानगरका दुई स्थानमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा दुईजना महिलासहित १०५ जनाले रक्तदान गरेका छन् ।

वीरगंज महानगर–१५ प्रतिमाचोकमा प्रगतिशील युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ७७ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । यशोदा गजुरेल, उपेन्द्र महतो कुशवाहा, हरिशङ्कर यादव, अनिस गुप्ता, स्वदेश सर्राफ, इम्तियाज धोबी, शम्भुसाह कानु, आकाश यादव, रामजी कुर्मी, ध्रुव गुप्ता, मुकेश पासवान लगायतले रक्तदान गरेका प्राविधिक कुशवाहाले बताए ।

यसैगरी, वीरगंज महानगर–२१ मा संसारीमाई युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित २९ जनाले रक्तदान गरेको केन्द्रका प्राविधिक धीरेन्द्र झाले बताए । सोनम शर्मा, विपिन पासवान, मनोज कर्ण, प्रभु कुमार, विवेक कुशवाहा, उमाकान्त राम, रुस्तम आलम र कुशल पाण्डेलगायतले रक्तदान गरेका प्राविधिक झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here