फतुवाविजयपुरमा श्रीभगवानद्वारा व्यावसायिक खेतीको सुरुआत
राधेश्याम पटेल, परवानीपुर, २७ माघ/ युवा पुस्ता रोजगार खोज्दै विदेश पलायन भइराखेको अवस्थामा रौतहटका किसान श्रीभगवान यादवले गाउँमैं सुन फलाउने योजना बुनेका छन् । आफ्नै खेतमा खाडी मुलुकसरह परिश्रम गरी उनले कृषिकर्म शुरू गरेका छन् । फतुवाविजयपुर नगरपालिका–८ बस्ने ४० वर्षीय यादव पेशाले हार्डवेयर एवं एग्रोभेट व्यवसायी हुन् । उनको वीरगंजको पुरानो अमर (बुखार) चोकमा […]
अस्पतालका अध्यक्ष र मेसुद्वारा पत्रकारसँग दुव्र्यवहार
प्रस, रौतहट, २७ माघ/ रौतहट जिल्लास्थित गौर प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अनवर हासमी र मेडिकल सुपरिटेन्डेन्ट डा मुरारी ठाकुरले पत्रकारसँग दुव्र्यवहार गरेका छन् । अस्पताल सुधारका लागि आवाज उठाउँदै आएका पत्रकार नेवालाल यादवसँग अस्पतालका जिम्मेवार दुईजनाले दुव्र्यवहार गरेको पत्रकार ठाकुरले बताए । हिजो दिउँसो समितिका अध्यक्ष हासमी र मेसु डा ठाकुरसँग सूचना माग गर्दा […]
दुईजना महिलासहित १०५ जनाद्वारा रक्तदान
प्रस, वीरगंज, २७ माघ/ वीरगंज महानगरका दुई स्थानमा शनिवार सम्पन्न रक्तदान कार्यक्रममा दुईजना महिलासहित १०५ जनाले रक्तदान गरेका छन् । वीरगंज महानगर–१५ प्रतिमाचोकमा प्रगतिशील युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ७७ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए । यशोदा गजुरेल, उपेन्द्र महतो कुशवाहा, हरिशङ्कर यादव, अनिस गुप्ता, स्वदेश सर्राफ, […]
किसानहरू नगदेबाली सुर्तीको टिप्न व्यस्त
प्रस, सेढवा, २७ माघ/ पर्साको ग्रामीण भेगमा सुर्ती किसानहरू यतिखेर सुर्तीको पात टिप्नमा व्यस्त छन् । विगत केही वर्षदेखि पर्सामा नगदेबालीको रूपमा सुर्तीखेती हुँदै आएको छ । नगदेबाली सुर्तीखेतीप्रति किसानहरूको आकर्षण बढ्दो छ । सुर्तीखेती वार्षिक दुईपटक हुने गरेको छ र अहिले यो वर्षको पहिलो सुर्तीखेतीमा किसानहरू आफूले उत्पादन गरेको सुर्तीका पात टिप्दैछन् । गत […]
२५० जना विद्यार्थीको स्वास्थ्य जाँच
प्रस, वीरगंज, २७ माघ/ बागेश्वरी एकेडेमी प्रालिको आयोजनामा शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरको उद्घाटन प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्माले गरेका थिए । शिविरमा २५० जना विद्यार्थीको आँखा, नाक, कान र दाँत परीक्षण गरिएको थियो । आँखा, नाक र कानको दृष्टि आँखा अस्पतालका डा हरि शर्माको टोली र दाँतको उपचार एभेरस्ट दन्त […]
महायज्ञको लागि कलशयात्रा सम्पन्न
प्रस, परवानीपुर, २७ माघ/ वीरगंज महानगर–१४ चिनीमिल पिपरामा भोलिदेखि शुरू हुने श्री सीताराम नाम सँगकीर्तन–१०८ कुञ्ज नौ दिवसीय विष्णु महायज्ञको अवसरमा शनिवार कलशयात्रा सम्पन्न भएको छ । महायज्ञस्थलबाट निस्केको कलशयात्रा आवास क्षेत्र हुँदै नृसिंह मावि भएर बाराको प्रसौनी गापामा रहेको त्रिवेणी खोलामा जल भरेर फर्केको थियो । बाजागाजासहित निकालिएको कलशयात्रामा हजारौं श्रद्धालुजनको सहभागिता थियो । […]
दिल्ली पब्लिक स्कूलको वार्षिकोत्सव
प्रस, परवानीपुर, २७ माघ/ दिल्ली पब्लिक स्कूल, वीरगंजले शनिवार १९औं वार्षिकोत्सव मनाएको छ । बारा, परवानीपुर–४ चैनपुरस्थित विद्यालय परिसरमा आयोजित समारोहमा विविध कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो । समारोहमा कक्षा १० र कक्षा १२ का उत्कृष्ट अङ्क ल्याउने १५ जना छात्रछात्रालाई प्रमाणपत्र वितरण गरिएको थियो । समारोहमा विद्यार्थीहरूले नृत्य, गायन एवं नेपाली, हिन्दी, अङ्ग्रेजी […]
शिवरात्रि भव्यरूपमा मनाइने
प्रस, बिरुवागुठी, २७ माघ/ पर्सागढी नगरपालिका–३ स्थित गोकर्णेश्वर शिवमन्दिर तथा आर्यघाटमा यस वर्षको शिवरात्रि पूजा भव्यरूपमा हुने भएको छ । गोकर्णेश्वर शिवमन्दिर तथा आर्यघाट व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद अधिकारीको अध्यक्षतामा शनिवार भएको भेलाले फागुन २५ गते परेको शिवरात्रि पूजा तथा होम रुद्री भव्यरूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । महाशिवरात्रिमा आयोजना गरिने पूजा तथा होम […]
मेयर गोल्डकप हुने
प्रस, सेढवा, २७ माघ/ आगामी फागुन ५ गतेदेखि जीराभवानी गाउँपालिकामा मेयर गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । जीराभवानी गापाको सहयोगमा न्यू सनलाइट युवा स्पोट्र्स क्लब, सुपौलीले फागुन ५ गते शनिवारदेखि प्रथम जीराभवानी मेयरकप फूटबल प्रतियोगिता आयोजना गर्ने बताइएको छ । प्रतियोगिता गापाको वडा नं ४ स्थित सुपौली खेलमैदानमा आयोजना गरिने आयोजक संस्थाका अध्यक्ष अरुण […]
सखुवाप्रसौनीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू
प्रस, वीरगंज, २७ माघ/ सखुवाप्रसौनी गाउँपालिकामा शनिवारदेखि दुई दिवसीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । गापास्तरीय प्रतियोगिता शिक्षा शाखा प्रमुख नेपालेन्दु साहको अध्यक्षतामा भएको थियो भने गापाअध्यक्ष यशवन्त यादवले उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन समारोहमा उपाध्यक्ष शर्मिला विष्ट महतो, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार, मुख्य प्रशिक्षक विश्वेश्वर पटेल, प्रधानाध्यापकहरू, शिक्षक र विद्यार्थीहरूको […]