दिनेश मिश्र, वीरगंज, २५ माघ/
वीरगंज महानगरपालिका–९ वडा कार्यालयको आर्थिक सहयोगमा महिला तथा बालबालिका विकास संस्था, पर्साले आयोजना गरेको एक महीने ब्युटिशियन तालीम बिहीवार सम्पन्न भएको छ ।
वडाध्यक्ष जवाहरप्रसाद कलवारले तालीममा सिकेका सीप प्रयोग गरी व्यवसाय सञ्चालन गर्न सुझाव दिए । उनले यस वर्ष आधारभूत तालीम सञ्चालन भएपनि आगामी वर्ष एडभान्स तालीम आयोजना गरिने बताए ।
सहभागी महिलाहरूलाई ओमकुमारी शर्माले तालीम दिएकी थिइन् । कार्यक्रममा वडासचिव रमेश श्रेष्ठ, वडा सदस्य नन्दकिशोर चौहान, लालबाबू कलवार, गीता मानन्धर, कुमारी सोनीको सहभागिता थियो ।