फागुन १२ गते जगरनाथ रथयात्रा हुने

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २४ माघ/
वीरगंजमा आगामी फागुन १२ गते जगरनाथ रथयात्रा हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन)को आयोजनामा वीरगंजमा पहिलोपटक फागुन १२ गते जगरनाथ रथयात्रा महोत्सव आयोजना हुन गइरहेको बुधवार पत्रकार सम्मेलन गरी इस्कोन वीरगंजका संस्थापक आचार्य श्रीमद एससी भक्ति वेदानन्द स्वामी प्रभुपादले बताए ।

उनले भारत, उडिसा राज्यको जगरनाथपुरीमा प्रत्येक वर्ष डिसेम्बर महीनामा यो रथयात्रा आयोजना हुँदै आएकोमा यो वर्ष वीरगंजमा फागुन १२ गते आयोजना हुने बताए । यसअघि, जगरनाथ रथयात्रा काठमाडौं, विराटनगरमा निकालिंदै आएको उनले बताए । रथयात्रामा सहभागिता जनाएर कार्यक्रम सफल पार्न उनले आग्रह गरे ।

फागुन ११ गते बिहान ११ बजे घण्टाघरबाट रथयात्रा निकालिने र मेनरोड, माईस्थान, आदर्शनगर, अलखियारोड, कैलाशचोक, ठाराब क्याम्पस हुँदै पुरानो बसपार्कमा पुगेर समापन हुने कार्यक्रम रहेको उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।