१५ वर्षीया बालिका उद्धारसहित एकजना पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, २४ माघ/
मानव बेचबिखनविरुद्धको एकाइ इलाका मुख्यालय बेतियाले १५ वर्षीया बालिकासहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ । मोहम्मद आलमगीर मियाँले सो बालिकालाई प्रलोभनमा पारी भारततर्फ लगिरहेको अवस्थामा मियाँलाई पक्राउ गरिएको एसएसबीका इन्स्पेक्टर मनोजकुमार शर्माले बताए । एकाइले भारत, उत्तर प्रदेश प्रहरी र मुक्ति फाउन्डेशनको सहयोगमा नोयडाबाट बालिकाको उद्धार गरिएको र दुवैजनालाई बिहार ल्याइएको छ ।

इन्स्पेक्टर शर्माका अनुसार बालिकाका अभिभावकले उजूरी दिएपछि बालिकाको उद्धार गरिएको बताए । उनले गरीब हिन्दू परिवारका धेरै नाबालिका बेचबिखनको शिकार हुने गरेकाले अभिभावकले पनि यसतर्पm ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।