पोखरियाको दुईवटा वडामा महिलालाई तालीम

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

दिनेश मिश्र, वीरगंज, २४ माघ/
पोखरिया नगरपालिकामा महिलाहरूको क्षमता वृद्घि गर्ने उद्देश्यले १० दिने साडी कढाइ तथा फल्ससम्बन्धी तालीम सम्पन्न भएको छ ।

सुनौलो नेपाल कृषि अनुसन्धान तथा तालीम केन्द्र प्रालिको आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा सम्पन्न तालीममा पोखरिया नपा–१ वनकटवाका ३० जना महिलाको सहभागिता थियो ।

त्यसैगरी, बौधीमाई डेभलपमेन्ट स्किल सेन्टर प्रालिको आयोजना र पोखरिया नपाको सहयोगमा पोखरिया नपा–४ मा डल कुशन बनाउने तालीम शुरू भएको छ । तालीमको उद्घाटन गर्दै नगरप्रमुख प्रद्युम्नप्रसाद चौहानले महिलाहरूलाई दक्ष र सबल बनाउने उद्देश्यले तालीमको आयोजना गरिएको बताए । उनले स्थानीय सरकारले महिलाहरूको उत्थानका लागि दुईवटा वडामा छुट्टाछुट्टै तालीमको आयोजना गरिएको बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवले तालीम लिएपछि सानातिना व्यवसाय गरेर आम्दानी गर्न सहभागी महिलाहरूलाई सुझाव दिए ।

दुवै तालीममा ५५ जना महिलाको सहभागिता छ । कार्यक्रममा वडा नं १ का अध्यक्ष प्रमोद गिरी, विनोद पाण्डेय, सामाजिक विकास शाखाका नरेन्द्र साहलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।