प्रस, सिम्रौनगढ, २४ माघ/
बारा, पचरौता नगरपालिकानजीक भारतीय सीमावर्ती क्षेत्र महुअवाबाट भारतीय एसएसबीले ३० क्विन्टल प्याजसहित पाँचजना नेपालीलाई पक्राउ गरेको छ ।
भारतबाट नेपाल भिœयाउँदै गरेको अवस्थामा एसएसबीको ७१औं बटालियनले छापामारी गरी ३० क्विन्टल प्याज, आठ बोरा रासायनिक मलसहित पाँचजनालाई पक्राउ गरेको एसएसबीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन ।
आजभोलि भारतको रक्सौल, आदापुर, छौडादानो र घोडासहन नाकाबाट प्याज नेपालतर्फ तस्करी भइरहेको छ ।