प्रस, वीरगंज, २२ माघ/
प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा सोमवार प्रभातफेरी गरेर मनाइएको छ । घण्टाघरबाट निकालिएको प्रभातफेरी आदर्शनगर हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभा गरी समापन भएको थियो ।
कोणसभामा चौतारीका पूर्वकेन्द्रीय उपाध्यक्ष महेश दासले चौतारी पछिल्लो समयमा पत्रकारहरूको पेशागत सङ्गठनहरूमध्ये मजबूत बन्दै गएको बताए । प्रेस चौतारी मधेस प्रदेशका सहइन्चार्ज श्याम बन्जाराले प्रेस चौतारी साङ्गठनिकरूपमा मजबूत रहेको र आगामी दिनमा पनि सोही स्वरूपमा रहने दाबी गरे ।
शाखा अध्यक्ष तुलसी भण्डारीको अध्यक्ष्Fतामा सम्पन्न कोणसभामा चौतारीका पूर्वअध्यक्ष अनुप तिवारीले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शाखा सचिव राकेश साहले गरेका थिए ।
प्रस, रौतहट/
प्रेस चौतारी नेपालको २६औं स्थापना दिवसको अवसरमा फलफूल वितरण तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले प्रेस चौतारी पुरानो पेशागत संस्था रहे पनि पार्टीबाट संरक्षण नभएकोले कमजोर हुँदै गएको बताए ।
प्रेस चौतारीमा पुराना पत्रकारहरूको जमघट रहेको बताउँदै उनले प्रचारप्रसार गर्न अहम् भूमिका निर्वाह गर्न आग्रह गरे ।
माघ २५ र २६ गते हुने जिल्ला अधिवेशनमा पार्टीका राष्ट्रिय अध्यक्ष आउने भएकाले सहभागिता तथा लगनशीलताको लागि प्रचारप्रसार गर्न उनले आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेको लेखा समितिका केन्द्रीय सदस्य राजकिशोरप्रसाद यादवले शुभकामना व्यक्त गर्दै सुझावहरू दिएका थिए । प्रेस चौतारी रौतहटका अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पत्रकारहरूको सहभागिता थियो । सोही क्रममा प्रादेशिक अस्पताल गौरका ४५ जना बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
विद्यालय र सञ्चारकर्मीलाई सहयोग २६औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाराले सोमवार विभिन्न कार्यक्रम आयोजना ग-यो । प्रेस चौतारी बाराले फरक क्षमता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई आर्थिक, शैक्षिक तथा खेलकूद सामग्री र सङ्गठनमा आबद्ध दुईजना सञ्चारकर्मीलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
चौतारी बाराले सिमरास्थित नेपाल अपाङ्ग सेवा सङ्घको भवनमा सञ्चालित सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत विद्यालयलाई शैक्षिक तथा खेलकूद सामग्री, खाद्यान्नका साथै रु ४० हजारको चेक हस्तान्तरण गरेको छ । उक्त विद्यालयमा हाल सुस्त श्रवण र बौद्धिक अपाङ्गता भएका करीब ४० जना बालबालिका अध्ययन गरिरहेका छन् । कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव कमलकुमार उपाध्याय, अपाङ्ग सङ्घ बाराका अध्यक्ष गङ्गा वाग्ले, प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी, चौतारी बाराले दुईजना सञ्चारकर्मीलाई आर्थिक सहयोग गरेको छ । चौतारी बाराले अक्षयकोषबाट सञ्चारकर्मी रञ्जना खतिवडालाई १५ हजार र जिउतप्रसाद यादवलाई १० हजार आर्थिक सहयोग उपलब्ध गराएको हो ।
खतिवडाको केही समयअघि मेरुदण्डमा पलाएको ट्युमर र यादवको टाउकोको शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका दुवैजनालाई राहतस्वरूप सहयोग उपलब्ध गराइएको हो ।