शिक्षण संस्था, धार्मिकस्थलमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा महानगरले रोक लगायो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ माघ/
वीरगंज महानगरका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा बसेको बजार अनुगमन समितिको बैठकले शिक्षण संस्था, धार्मिक स्थलमा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री गर्न महानगरले रोक लगाउने निर्णय गरेको छ ।

आइतवार महानगरपालिकाको कार्यालयमा उपप्रमुख आलमको अगुवाइमा बसेको बजार अनुगमन समितिको बैठकले सङ्घीय स्वास्थ्य ऐन अनुसार मठमन्दिर र शिक्षालयहरूको वरिपरि ५०० मिटरसम्म मदिरा एवं सुर्तीजन्य पदार्थ बेच्न नपाइने निर्णय गरेको हो ।

बैठकमा विद्यालय, कलेज र मन्दिर, मस्जिदजस्ता धार्मिक केन्द्रहरूको भवन भाडामा लिएका पसलमा मदिरा एवं सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न रोक लगाउने निर्णय व्यावहारिक नभएको होटल तथा पर्यटन व्यवसायी सङ्घ, पर्साका अध्यक्ष हरि पन्तले बताए । उनले सङ्घीय कानून अनुसार ५०० मिटरको प्रावधान अलि व्यावहारिक र बजारमैत्री तर्क प्रस्तुत गरेका थिए ।

बैठकले महानगरभित्र रहेका सहकारीहरूको अनुगमन गर्ने, निर्देशनको पालना गराउने, निष्क्रिय सहकारी खारेजी प्रक्रियामा लैजाने र विद्यालयहरूको पनि अनुगमन गर्ने निर्णय गरेको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, खाद्य अनुसन्धान अधिकृत विपिनकुमार दास, प्रहरी, सशस्त्र प्रहरी, वाणिज्य, घरेलु र प्रशासनका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।