लमरियामा ढलान सडकको शिलान्यास

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, २१ माघ/
पोखरिया नगरपालिका–२ लमरियामा ढलान सडकको उपप्रमुख रुबी ठाकुरले शिलान्यास गरेकी छन् ।

सङ्घ सरकारको रु छ लाख र पोखरिया नपाको चार लाख गरी १० लाख लागतमा ६० मिटर सडक ढलान गरिने वडाध्यक्ष केदार चौहानले बताए । शिलान्यास कार्यक्रममा राधासाह कानू, सलीम अन्सारी, वीरेन्द्र गिरी, विन्ध्याञ्चल ठाकुर, रामचन्द्र साहलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।