फरार सूचीका दुईजना ज्येष्ठ नागरिक पक्राउ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, २१ माघ/
जिल्ला प्रहरी कार्यालय, बाराले अदालतबाट कैद सजाय भएर फरार सूचीमा रहेका दुईजना ज्येष्ठ नागरिकलाई पक्राउ गरेको छ ।

जिप्रका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले डाँका मुद्दामा बारा जिल्ला अदालतबाट रु साढे १३ हजार जरिवाना भएपछि फरार रहेका देवताल गाउँपालिका–६ निवासी ६८ वर्षीय जादोलाल राउतलाई आइतवार पक्राउ गरिएको बताए । यसैगरी, लागूऔषध चरेस मुद्दामा बारा जिल्ला अदालतबाट एक महीना कैद र दुई हजार जरिवाना भएपछि फरार रहेका आदर्श कोतवाल गापा–१ च्युटाहा निवासी ६५ वर्षीय रउदी बैठा पक्राउ परेको प्रवक्ता न्यौपानेले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।