प्रस, रौतहट २० माघ/
रौतहट जिल्लाका विभिन्न स्थानबाट चारवटा सालको गुलिया सहित एकजना तस्करलाई वन सुरक्षा टोलीले पक्राउ गरेको छ ।
वृन्दावन र चेतनगर सबडिभिजन क्षेत्रको वनबाट लुकिछिपी कटान गरी ल्याइरहेको अवस्थामा चार थान साइकल, चार थान सालको गोलिया, मोटरसाइकलमा सवार तस्करलाई सुरक्षाटोलीले पक्राउ गरेका हुन ।
सहायक वन अधिकृत अनिल महतोको कमाण्डको टोलीले काठ तस्कर गढीमाई नगरपालिका–९ का राकेशकुमार साहलाई पक्राउ गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार मिश्रले बताए । उनले प्रयोग गरेको बिआर ०६ बिके ५७६९ भारतीय नम्बरको मोटरसाइकल बरामद गरिएको प्रमुख मिश्रले बताए ।
बरामद काठ, साइकल, मोटरसाइकल वृन्दावन सबडिभिजन वन कार्यालयमा राखिएको छ भने पक्राउ परेका राकेशलाई आवश्यक कार्यवाहीका लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुर पठाइएको छ ।