तीनदिने पत्रकारिता तालीम समापन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

ओमप्रकाश चौधरी, सौराहा, २१ माघ/
पोखरिया नगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासङ्घ पर्साले चितवनको पर्यटकीयस्थल सौराहामा आयोजना गरेको तीन दिने पत्रकार स्तर वृद्धि तालीम आइतवार समापन भएको छ ।

पर्सा जिल्लाका उदीयमान पत्रकारहरूलाई आधारभूत पत्रकारिता, विद्युतीय सञ्चार माध्यम, आचारसंहिता र बढ्दो सामाजिक सञ्जालका कारण छापा, रेडियो र टिभी पत्रकारितामा परेको असरबारे नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, रितेश त्रिपाठी र क्षत्रबहादुर कार्कीले तालीम दिएका थिए । तीसजना पत्रकारलाई सौराहामा आवासीय तालिम प्रदान गरिएको र समापन कार्यक्रम पोखरिया नपामा गरिने शाखाका कोषाध्यक्ष सञ्जीव मिश्रले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।