२०८१ माघ २३. बुधबार

सबल अर्थतन्त्रका लागि वित्तीय सुधारको खाँचो

• शीतल महतो अर्थतन्त्र सुधारका लागि सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमार्फत विभिन्न कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन सन्तोषजनक हुन नसक्दा अर्थतन्त्रमा अपेक्षित सुधार हुन सकेको छैन । कतिपय परिसूचक नराम्रा पनि छैनन् । ब्याजदर घट्दै गएको र अर्थतन्त्रको बाह्य क्षेत्रमा पनि निरन्तर सुधार हुँदै गएको देखिन्छ । यसरी बाह्य क्षेत्रमा सुधार […]

के हो गरीबहरूको अर्थशास्त्र ?

• विश्वराज अधिकारी गरीबहरूको अर्थशास्त्र भनेर छुट्टै अनेक सिद्धान्तहरूको व्याख्या गरिएको छैन । अर्थशास्त्र मात्र भनिएको पाइन्छ । तर यथार्थमा दुई किसिमको अर्थशास्त्र रहेको पाइन्छ । पहिलो धनीहरूको अर्थशास्त्र, दोस्रो गरीबहरूको अर्थशास्त्र । धनीहरूको अर्थशास्त्रमा धन कसरी वृद्धि गर्ने त्यसबारे सोंचिएको हुन्छ । धन वृद्धि गर्ने अनेक सिद्धान्तहरूको विकास गरिएको हुन्छ । राज्यले पनि, धनीहरूको […]

राजनीतिको व्यापारीकरण

श्रीमन्नारायण

• श्रीमन्ननारायण राजनीतिलाई व्यापार मान्ने प्रवृत्ति मौलाउँदै जाँदा देखापर्ने विकृतिको रूप हेर्न नेपाली जनता बाध्य भएको छ । व्यक्तिगत लाभहानिको सूक्ष्म विश्लेषण अनि त्यसैका आधारमा लगानीको निर्णय व्यवसायमा चल्छ । राजनीतिमा व्यापारिक हरहिसाबको रणनीति हावी हुनुहुन्न तर जहाँ सन्न्यासी बन्न कोही राजनीतिमा आएको हुँदैन भन्ने मनोवृत्तिले काम गरिरहेको हुन्छ, त्यहाँ त जनता र नेता अथवा […]

खानकी पत्नी घर फर्केपछि घरलाई ‘उप–कारागार’ घोषणा

इस्लामाबाद, १८ माघ/एएफपी भ्रष्टाचारको आरोपमा बुधवार आप्mना पतिसँगै १४ वर्षको कारागार परेकी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नी अधिकारीहरूले आप्mनो निवासलाई आधिकारिकरूपमा ‘उप–कारागार’ घोषणा गरेपछि घरमैं सजाय काटिरहेकी छन् । मुस्लिम आस्था चिकित्सक बुशरा बिबीले आप्mना पति प्रधानमन्त्री हुँदा प्राप्त विदेशी उपहारहरूको बिक्रीसँग सम्बन्धित मुद्दामा सजाय सुनाइएपछि तुरुन्तै बुधवार स्वयंलाई अधिकारीहरूसामु सुम्पिएकी थिइन् । मुलुकका गोपनीय […]

आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर विद्यार्थीहरू आन्दोलित

प्रस, वीरगंज, १७ माघ/ नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगंजका विद्यार्थीहरूले बुधवारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलन चर्काएका छन् । विगत चार दिनदेखि सात सूत्रीय मागसहित मूलद्वारमा धर्ना दिएका विद्यार्थीहरूले बुधवार आकस्मिकबाहेक सबै सेवा बन्द गरी अस्पतालभित्रै धर्ना दिएर आन्दोलन चर्काएका छन् । एमबिबिएसमा अध्ययनरत सबै सेमेस्टरका विद्यार्थीहरूसहित पिजी र इन्टर्नशिपका विद्यार्थीहरू सहभागी भएर […]

वन क्षेत्रका बस्तीमा जङ्गली जनावरको आतङ्क

प्रमोद यादव, पंचगावाँ, १७ माघ/ पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनबाट बाघ निस्केर ग्रामीण बस्तीमा आतङ्क मच्याएको छ । विगत केही सातादेखि बाघले यस क्षेत्रमा आतङ्क मच्याएको छ र यस क्रममा पटेर्वासुगौली–२ मा बाघको आक्रमणबाट ज्यानसमेत गएको छ । हिजो मात्र पटेर्वासुगौली–१ र २ मा बाघको आक्रमणबाट केही पशुचौपाया मरे भने केही घाइते भएका छन् […]

मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन

प्रस, निजगढ, १७ माघ/ बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको खोलामा स्थानीय तहको गैरजिम्मेवारी र ठेकेदार कम्पनीको चरम लापरवाही देखिएसँगै मापदण्ड पूरा गरेर मात्र नदीजन्य पदार्थ उत्खनन, ओसारपोसार र घाटगड्डी गर्न निर्देशन दिइए पनि बालगङ्गा खोलामा स्थलगत निर्देशनलाई बेवास्ता गरेको पाइएको छ । जिल्ला समन्वय समिति, बाराका प्रमुुख नरेन्द्रकुुमार साहको नेतृत्वमा मङ्गलवार गएको अनुुगमन टोलीले पसाहा, बालगङ्गा, दुुधौरा […]

कलेजको लापारवाहीले विद्यार्थीको ज्यान गएको आरोप

प्रस, परवानीपुर, १७ माघ/ यही माघ ७ गते सवारी दुर्घटनामा परी मृत्यु भएका दुईजना विद्यार्थीको सत्यतथ्य छानबीन गर्न परिवारजनले माग गरेका छन् । नेशनल मेडिकल कलेज प्रशासनको लापरवाहीका कारण विद्यार्थीहरूको अकालमा मृत्यु भएको परिवारजनको आरोप छ । कमजोर सुरक्षा व्यवस्थाका कारण उनीहरू अबेर राति कलेजबाट अर्काको मोटरसाइकल लिएर निस्केको र मोटरसाइकल दुर्घटनामा परी उनीहरूको मृत्यु […]

पालिकास्तरीय रणनीतिक योजना निर्माण अभिमुखीकरण

दिनेश मिश्र, वीरगंज, १७ माघ/ युनिसेफको सहयोगमा पोखरिया नगरपालिकाले जन्मदर्ता, विद्यालय भर्ना तथा बालविवाहविरुद्धको अभियान अन्तर्गत नगरपालिकास्तरीय रणनीतिक योजना निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम बुधवार सम्पन्न गरेको छ । बालबालिका जन्मेपछि जन्मदर्ता गराउने, ३५ दिनभित्र जन्मदर्ता गरेमा शुल्क नलाग्ने, जन्मदर्ता गर्न सूचकले निवेदन कसरी दिने, आफू बसेको पालिकाको कार्यालय वा वडा कार्यालयमा तोकिएका स्थानीय पञ्जिकाधिकारी समक्ष आवश्यक […]