प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आर्मीको जीत

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

काठमाडौं, १४ माघ/रासस
जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो अन्तरले जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको २८० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा सबै विकेट गुमाउँदै ११५ रनमैं समेटियो । कर्णालीका लागि हिमांशु शाहीले १९, दिवान पुनले १८ तथा विपिन शाहीले १४ रन बनाए ।

त्यसैगरी, कप्तान रवीन्द्र शाही, निश्चल रावल र दीपेन्द्र रावतले समान १२/१२ रन जोडे ।

आर्मीका लागि विवेक यादव र कुशल मल्लले समान तीन/तीन विकेट लिए भने सोमपाल कामीले दुर्ई तथा साहब आलमले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिड्ढो निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २७९ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक एक सय रनको योगदान दिए । उनले १३२ बलमा छ चौका र तीन छक्काको मदतमा अविजित एक सय रन जोडेका हुन् ।

यसैगरी, बसिर अहमदले अविजित ९८ रन जोडे भने भीम सार्कीले २५, कुशल मल्लले २१ तथा सन्तोष कार्कीले ११ रन बनाए । कर्णालीका लागि दीपेन्द्र रावतले दुई विकेट लिए भने प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले समान एक विकेट लिए । यस जीतसँगै आर्मीले सात खेलमा १० अङ्क जोडेको छ । आर्मी अङ्कतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । यता पराजित कर्णाली भने आठ खेलबाट छ अङ्कका साथ अङ्कतालिकाको सातौं स्थानमा छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।