जरिवाना माफ भएपछि यातायात वीरगंजको राजस्व

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, परवानीपुर, १२ माघ/
मधेस प्रदेश सरकारले चालू आव २०८०–८१ को लागि सवारीसाधनको ब्ल्युबूक नवीकरणमा जरिवाना माफ गरेपछि यातायात व्यवस्था कार्यालयको राजस्वमा वृद्धि भएको छ ।

वर्षौंदेखि ब्ल्युबूक नवीकरण नभएका सवारीसाधनहरूको ब्ल्युबूक नवीकरण गराउँदा जरिवाना नलाग्ने नीति प्रदेश सरकारले लिएपछि यातायात व्यवस्था कार्यालय, वीरगंजको राजस्व वृद्धि भएको हो । चालू आव २०८०/८१ को साउनदेखि पुस मसान्तसम्म यातायात व्यवस्था कार्यालय, वीरगंजले ७३ करोड ५८ लाख ५६ हजार राजस्व सङ्कलन गरेको छ । चालू आवमा कार्यालय, वीरगंजको सवारी शाखा र लाइसेन्स शाखा मर्ज भएर सञ्चालनमा आएको हो ।

गत आवको यही समीक्ष्Fा अवधिमा सवारी शाखाको राजस्व ५८ करोड ४४ लाख २७ हजार मात्र थियो । गत वर्ष र पछिल्ला आवहरूको तथ्याङ्क हेर्दा यातायात व्यवस्था कार्यालय, वीरगंजको सवारी शाखाको राजस्व सङ्कलनमा ८० प्रतिशत सवारी शाखाको योगदान देखिन्छ भने २० प्रतिशत लाइसेन्स शाखाको योगदान रहने गरेको कार्यालयका कम्प्युटर अपरेटर सञ्जय पटेलले बताए ।

उनका अनुसार लाइसेन्स शाखाले नयाँ लाइसेन्स नवीकरण, वर्ग थप शीर्षकमा राजस्व सङ्कलन गथ्र्यो भने सवारी शाखाबाट कर लिने, नवीकरण, नामसारी, प्रतिलिपि, भाडाको गाडीको हरेक वर्ष प्रFविधिक चेकजाँच (जाँचपास) र रोड परमिटलगायत शीर्षकमा राजस्व सङ्कलन हुन्छ । तर अहिले दुवै शाखा मर्ज भएपछि यी सबै सेवा संयुक्तरूपमा उपलब्ध गराइएको छ ।

दुवै शाखा मर्ज भएपछि अहिले यातायात व्यवस्था कार्यालयबाट एक हजारभन्दा बढी सेवाग्राहीले दैनिक सेवा लिने गरेका छन् भने दैनिक रु ५०–५५ लाख राजस्व सङ्कलन हुने गरेको कार्यालय प्रमुख उमेश रेग्मीले बताए ।

यातायात व्यवस्था कार्यालय सवारी शाखा वीरगंजले गत आव २०७९/८० मा रु एक अर्ब १९ करोड ४८ लाख १४ हजार राजस्व सङ्कलन गरेको थियो भने यस वर्ष सोभन्दा १५ प्रतिशत बढी वृद्धि हुने अनुमान छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।