जाडो छल्न गापाद्वारा वडाहरूमा दाउरा वितरण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, १३ माघ/
जीराभवानी गाउँपालिका कार्यालयले शनिवार आगो बाल्नका लागि सबै वडामा दाउरा वितरण गरेको छ । निरन्तरको शीतलहरसँगै चीसो बढेर जनजीवन प्रभावित भएपछि आज जीराभवानी गापाले वडाका चोकहरूमा आगो बाल्नका लागि दाउरा वितरण गरेको गापाध्यक्ष अनोज चौधरीले बताए ।

चीसोका कारण हुने जोखिम न्यूनीकरणका लागि चोकचोकमा आगो बाल्न दाउरा वितरण गरिएको उनले बताए । उनले शनिवार पाँच टेलर दाउरा वितरण गरिएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।