प्रस, वीरगंज, १३ माघ/
परवानीपुर गाउँपालिका–५, बहुअरी, बारामा डाक्टर्स क्लबको सहयोग, सानो दीपको आयोजना तथा वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा निश्शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ ।
शिविरको उद्घाटन नेपाली काङ्ग्रेस बारा क्षेत्र नं ४ का सभापति लुकेश सिंहले गरेका थिए । उनले आँखा र दाँतको नियमित चेकजाँच गराउन सुझाए । स्वास्थ परीक्षण गर्न कसैले पनि हेलचक्र्याइँ नगर्न आग्रह गरे । शिविरमा १७२ जनाको आँखा र दाँत परीक्षण गरिएको थियो ।
शिविरमा औषधि निश्शुल्क वितरण गरिएको सानो दीपका कृष पटेलले बताए । कार्यक्रममा तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता, दीपक साह र इलाका प्रहरी कार्यालय, परवानीपुरका प्रहरी सहायक निरीक्षक मनोज मण्डलगायतको सहभागिता थियो ।