विचार उत्पादनबारे प्रशिक्षण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १३ माघ/
वीरगंज पब्लिक कलेजको आयोजनामा शुक्रवार वीरगंजमा सो कलेजका विद्यार्थीहरूलाई विचार उत्पादनबारेमा जानकारी गराइएको थियो ।

विद्यार्थीहरूलाई ग्लोबल आइएमई बैंकका प्रबन्धक सुरेन्द्र चालिसेले उत्कृष्ट विचारहरू कसरी सोच्ने र त्यसको लागि कसरी काम गर्नेबारेमा प्रशिक्षण दिएका थिए । उनले सो अवसरमा विश्वमा सफल विभिन्न व्यक्तित्वहरूको बारेमा सहभागी विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।

मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले सदैव राम्रो विचार सोच्न र त्यसैमा काम गर्दा सफल हुने बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।