प्रस, वीरगंज, १३ माघ/
समाजवादी प्रेस सङ्गठन नेपाल पर्साका नवनिर्वाचित पदाधिकारी सदस्यहरूलाई शनिवार केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीले शपथ गराएका छन् ।
शम्भुकुमार सुमनको अध्यक्षतामा बनेको १७ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी सदस्यहरूलाई उनले शपथ गराएका हुन् ।
कार्यक्रममा उनले अर्को नयाँ कार्यसमिति घोषणा गरिएकोमा सोलाई अवैध घोषणा गर्दै कारबाही गरिएको बताए ।