एनआई कप आयोजकले जित्यो

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १३ माघ/
नारायणी क्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) क्रिकेट कपको उपाधि आयोजक नेशनल इन्फोटेक कलेजले जितेको छ । शनिवार भएको फाइनल खेलमा ग्लोबल बिजनेश कलेजलाई ६१ रनअन्तरले पराजित गर्दै नेशनल इन्फोटेक (एनआई) क्रिकेट कपको दोस्रो संस्करण आयोजक नेशनल इन्फोटेक कलेजले जित्न सफल भएको हो ।

टस जितेर ब्याटिङ गरेको एनआईले निर्धारित २० ओभरको खेलमा १९.५ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियो । नेशनलका राहुल हकले ३२, सफवान अलिले २५ र वासिम अलि मन्सुरीले २० रन बनाएका थिए । ग्लोबलका आदर्श भण्डारी, रोहन साह, अनुज पटेल र विवेक यादवले दुई/दुई विकेट र सुजल सर्राफले एक विकेट लिएका थिए ।

१०९ रनको विजयी लक्ष्य पाएको ग्लोबल १४.१ ओभरमा सबै विकेट गुमाएर ४७ रनमा समेटियो । नेशनलका वासिम अलि मन्सुरी, अरबाज अन्सारीले तीन/तीन विकेट लिए भने अरबाज हुसैनले दुई र शरीफ अन्सारीले एक विकेट लिए । फाइनल खेलमा उत्कृष्ट खेलाडी नेशनल इन्फोटेकका वासिम अलि मन्सुरी घोषित भएको कलेजका प्रबन्ध निर्देशक मनीष सिंहले बताए ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान नेशनलका सफवान अलि घोषित भए, उनले प्रतियोगितामा १०८ बलमा १८२ रन बनाएका थिए । त्यस्तै, उत्कृष्ट बलर हेटौंडाका प्राञ्जल उपाध्याय घोषित भए, उनले १८.५ ओभरमा ८९ रन दिएर १७ विकेट लिएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी नेशनलका वासिम अलि मन्सुरी घोषित भए । उदीयमान खेलाडीको उपाधि पनि नेशनलका सलमान मन्सुरीले पाए । उत्कृष्ट फिल्डर ग्लोबलका आदर्श भण्डारी घोषित भए । उत्कृष्ट विकेटकीपर हेटौंडाका साहेब यादव घोषित भएको प्रबन्ध निर्देशक सिंहले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।