२०८१ माघ २३. बुधबार

प्रतिमाचोकमा सडक अतिक्रमणमुक्त

प्रस, वीरगंज, ११ माघ/ वीरगंज महानगरपालिका–१५ प्रतिमाचोकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ । हुलाकी सडक अन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएका कारण वर्षौंदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माणको ठेक्का लागेसँगै नगरप्रमुख राजेशमान सिंहको पहलमा आज डोजर लगाएर सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । […]

समाजवादी प्रेस सङ्गठनको जिल्ला सम्मेलनको तयारी पूरा

प्रस, वीरगंज, ११ माघ/ समाजवादी प्रेस सङ्गठन नेपाल पर्साको जिल्ला सम्मेलनको तयारी पूरा भएको छ । १२ गते शुक्रवार हुने जिल्ला सम्मेलनमा सङ्गठनका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण भइसकेको र इच्छुक नयाँ सदस्यहरूले सदस्यता लिएकामा उनीहरूलाई पनि सहभागी गराइ सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्ने सम्मेलन आयोजक कमिटीका संयोजक आसमहमद मियाँले  बताए । सम्मेलनमा साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि […]

हिमालयन डिस्टिलरीद्वारा विद्यालयलाई डेस्कबेन्च सहयोग

प्रस, परवानीपुर, ११ माघ/ वीरगंज–२१ लिपनीबिर्तामा सञ्चालित हिमालयन डिस्टिलरीले नेरामावि, सोलखपुरलाई ५० थान बेन्चडेस्क सहयोग गरेको छ । विद्यालयमा कार्यक्रम आयोजना गरी उद्योगका स्टोर अधिकृत शङ्कर अधिकारीको टीमले प्रअ राजु मालीलाई बेन्च, डेस्क हस्तान्तरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हीरा पञ्जियारको अध्यक्षता एवं वीरगंज–३१ बेलवाका अध्यक्ष जीतेन्द्रप्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दाता […]

हात्तीले आधा दर्जन मानिसको घर भत्कायो

प्रमोद यादव, पंचगावाँ, ११ माघ/ जङ्गली हात्तीले पटेर्वासुगौली गाउँपालिकामा आधा दर्जन स्थानीयको घर भत्काउनुका साथै खाद्यान्न नष्ट गरेको छ । पटेर्वासुगौली गाउँपालिका–१ रामभौरीभाठाका श्यामसुन्दर महतो, रमेश चौधरी, सहदेव चौधरी र वडा नं ३ बस्ने ध्रुव सहनीको घर जङ्गली हात्तीले भत्काउनुका साथै अन्न खाएर नष्ट गरेको छ । त्यस्तै, हात्तीले वडा नं ३ स्थित रामजानकी मन्दिरको […]

अत्यधिक चीसोले तोरी बाली भित्र्याउन समस्या

बलिराम शुक्ला, बिरुवागुठी, ११ माघ/ पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा किसानले लगाएका तेलहन बाली तोरी भित्र्याउने समयमा शीतलहरका कारण अत्यधिक चीसो भएपछि समस्यामा परेका छन् । घाम नलागेको कारण किसानले तोरीबाली भित्र्याउन सकेका छैनन् । गत वर्ष राम्रो उत्पादन भएको तोरी यस वर्ष किसानहरूले बढी मात्रामा खेती गरेका थिए । तोरीको स्थानीय जातमा फल राम्रो लागेको […]

चीसोले विद्यार्थीहरूलाई पढ्न गा-हो

प्रमोद यादव, पंचगावाँ, ११ माघ/ अत्यधिक चीसोका कारण पर्साका सामुदायिक विद्यालयको पठनपाठनमा समस्या भएको छ । शीतलहर र हुस्सुका चीसो बढेपछि विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या पनि न्यून भएको छ । पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाले चीसो बिदा दिए पनि चीसो नघटेपछि ती पालिकाहरूले विद्यालयमा पठनपाठन शुरू गराएका छन् । विद्यालयमा आएका विद्यार्थीहरूले न्यानो कपडा नलगाउँदा उनीहरूमा रुघाखोकी, […]

सामान लोड ट्रक नियन्त्रण

प्रस, वीरगंज, ११ माघ/ जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबीजकभन्दा बढी लत्ताकपडा, हार्डवेयरलगायतका सामानहरू लोड ट्रक नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका–१४ गण्डकचोकमा प्रहरीले ना.६ख ८३०५ नम्बरको ट्रक चेकजाँच गर्दा अनलाइन बीजकमा उल्लिखित परिमाणभन्दा बढी सामान लोड भएको पाइएपछि अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाएको जिप्रका, पर्साले जनाएको छ ।

रौतहटबाट ३२ जना पक्राउ

प्रस, रौतहट, ११ माघ/ आम जनता पार्टीद्वारा गरिएको मधेस बन्दको क्रममा रौतहटका विभिन्न स्थानबाट ३२ जना नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सडकमा टायर बालेर बन्द गराउन खोज्दा जिल्लाका विभिन्न स्थानबाट ३२ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, रौतहटका सूचना अधिकारी एलिजा गिरीले बताएकी छन् । रौतहटमा यातायात निर्बाधरूपमा सञ्चालनमा रहेको बताउँदै सूचना […]

१०४ जना बन्दकर्ता पक्राउ

प्रस, जनकपुरधाम, ११ माघ/ आम जनता पार्टीले गरेको मधेस प्रदेश बन्दको क्रममा विभिन्न जिल्लाबाट १०४ जना पक्राउ परेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिएका छन् । बिहीवार बिहानैदेखि बन्द गराउँदै हिंडेका उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । धनुषाबाट ६७, रौतहटबाट ३२ र पर्साबाट पाँचजना पक्राउ परेको उनले […]

नेपालको अर्थ व्यवस्थाको इतिहास र हाम्रो सोच

• विश्वराज अधिकारी नेपालको अर्थ व्यवस्थाको इतिहास पुरानो पनि छैन । उत्साहप्रद पनि छैन । उल्टो अनेक समस्याहरूले भरिएको छ । २००७ सालसम्म नेपाल बन्द देश थियो । विदेशीहरूको लागि बन्द थियो । नेपालीका लागि समेत बन्द थियो । देशको अन्य भागबाट काठमाडौ प्रवेश गर्न राणा–प्रशासनसँग काठमाडौं–प्रवेश अनुमति लिनुपथ्र्यो । राणाकालसम्म देशले आम्दानी गर्ने प्रमुख […]