प्रस, वीरगंज, ११ माघ/
समाजवादी प्रेस सङ्गठन नेपाल पर्साको जिल्ला सम्मेलनको तयारी पूरा भएको छ ।
१२ गते शुक्रवार हुने जिल्ला सम्मेलनमा सङ्गठनका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण भइसकेको र इच्छुक नयाँ सदस्यहरूले सदस्यता लिएकामा उनीहरूलाई पनि सहभागी गराइ सम्मेलन भव्यतापूर्वक सम्पन्न गर्ने सम्मेलन आयोजक कमिटीका संयोजक आसमहमद मियाँले
बताए ।
सम्मेलनमा साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल भएपछि नयाँ नेतृत्वको चयन हुने संयोजक मियाँले बताए ।