प्रमोद यादव, पंचगावाँ, ११ माघ/
अत्यधिक चीसोका कारण पर्साका सामुदायिक विद्यालयको पठनपाठनमा समस्या भएको छ ।
शीतलहर र हुस्सुका चीसो बढेपछि विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या पनि न्यून भएको छ ।
पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिकाले चीसो बिदा दिए पनि चीसो नघटेपछि ती पालिकाहरूले विद्यालयमा पठनपाठन शुरू गराएका छन् ।
विद्यालयमा आएका विद्यार्थीहरूले न्यानो कपडा नलगाउँदा उनीहरूमा रुघाखोकी, टाउको दुख्ने जस्ता लक्षण देखिएका सखुवाप्रसौनीका अभिभावक प्रभु यादवले बताएका छन् ।