प्रस, वीरगंज, ११ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबीजकभन्दा बढी लत्ताकपडा, हार्डवेयरलगायतका सामानहरू लोड ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका–१४ गण्डकचोकमा प्रहरीले ना.६ख ८३०५ नम्बरको ट्रक चेकजाँच गर्दा अनलाइन बीजकमा उल्लिखित परिमाणभन्दा बढी सामान लोड भएको पाइएपछि अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया पठाएको जिप्रका, पर्साले जनाएको छ ।