शिक्षालाई प्रभावकारी बनाएर देश समृद्ध बनाउनुपर्छ

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, निजगढ, १० माघ/
प्रतिनिधिसभाका सभामुुख देवराज घिमिरेले कुनै पनि कालखण्डमा शिक्षा क्षेत्रमा योगदान पु-याउने जोकोही शिक्षाप्रेमीहरूलाई समाजले भुुल्न नहुुने बताएका छन् ।

निजगढ नगरपालिका–८ स्थित गौरीशङ्कर माविको स्वर्णजयन्ती कार्यक्रमको उद्घाटन गर्दै उनले परिवर्तित सन्दर्भमा शिक्षाको गुणस्तरमा वृद्धि गर्नुपर्नेमा जोड दिए । देशलाई चाहिने दक्ष जनशक्ति गुणस्तरीय शिक्षाबाट मात्र सम्भव भएकाले देशको वस्तुगत परिस्थितिको आधारमा शिक्षालाई प्रभावकारी बनाउनुपर्ने जिकिर गरे ।

उनले शिक्षा नीति, शिक्षा ऐन, शिक्षा कार्यक्रम, अनुशासन र पद्धतिबारे विद्यार्थीहरूलाई सिकाउनु जरुरी रहेको बताए । विभिन्न कारणले समयसापेक्ष शिक्षा ऐन र कानूनहरू बन्न नसके पनि बनेका ऐनहरूलाई कार्यान्वयनका लागि अभिभावक, शिक्षकहरूको योगदान तर कार्यान्वयन पक्ष कमजोर भएको सभामुख घिमिरेले टिप्पणी गरे ।

विद्यालयको शैक्षिक अवस्था, भौतिक संरचना, विकासलगायतका विविध विषयमा विद्यालयका प्रअ बद्रीनारायण झाले प्रकाश पारेका थिए ।

कार्यक्रममा संस्थापक सदस्यहरू, सहयोगी व्यक्तित्वहरू, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू, पूर्वप्रधानाध्यापकहरू, छात्रवृत्ति कोषका सञ्चालकहरू, २० वर्ष सेवा गर्ने शिक्षक तथा कर्मचारीहरू, अङ्ग्रेजी माध्यम कक्षाका संस्थापक शिक्षकहरू, विद्यालयमा अध्ययन गरेर विभिन्न पदमा आसीन व्यक्तिहरू, कक्षा ११ र १२ स्थापनार्थ आर्थिक सहयोग गर्ने दाताहरू, नेपाल सरकारको विशिष्ठ र राजपत्राङ्कित प्रथम श्रेणी र सो सरहका वर्तमान र पूर्वकर्मचारीहरू, विद्यावारिधि उपाधि हासिल गर्ने व्यक्तित्वहरू, चिकित्सक, राष्ट्रियस्तरका खेलाडीहरू, उद्यमी, कलाकार, साहित्यकार, पत्रकारहरू, कार्यरत उत्कृष्ट शिक्षक, कर्मचारीहरूलाई स्वर्णजयन्तीको अवसर सम्मानित गरिएको थियो ।

कार्यक्रममा सांसद अच्युत मैनाली, संविधानसभा सदस्य शोभाकर पराजुली लगायतले शुुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विद्यालयद्वारा आयोजित सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रममा सफल हुुने विद्यार्थीहरूलाई पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुुमार बर्तौलाको अध्यक्षतामा भएको थियो भने सदस्य थानेश्वर सापकोटाले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।