मटिअर्वा नाकामा नागरिक सहायता कक्षको उदघाटन

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १० माघ/
कलैया उपमहानगरपालिकाका प्रमुख विनोद साहले बाराको मटिअर्वास्थित नेपाल–भारत सीमानाकामा सहायता कक्ष भवनको उद्घाटन गरेका छन् ।

अमर सशस्त्र प्रहरी हवलदार जोखनप्रसाद चौधरीको सम्झनामा नवनिर्मित नागरिक सहायता कक्ष भवनको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वार्टर, बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगी, सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक कविन्द्र महर्जन, वडा नं १० का अध्यक्ष महम्मद साबिरलगायतको सभागिता थियो ।

नेपाल–भारत आवतजावत गर्ने नागरिकहरूले नागरिक सहायता कक्षमा सोधपूछ गरी समस्या समाधान गर्न सक्ने र भारतीय समकक्षीसँग समन्वय तथा शङ्कास्पद व्यक्तिहरूको निगरानी गर्न सहज हुने बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।