तीन हजार किलो प्याजसहित दुईवटा सवारीसाधन नियन्त्रण

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, १० माघ/
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुर र प्रहरी चौकी पथलैयाको संयुक्त टोलीले तीन हजार किलो प्याजसहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयामा प्रहरीले चेकजाँच गर्दा वीरगंजबाट काठमाडौं र रौतहटबाट चितवन जाँदै गरेका ना.३ख ४५३० नम्बरको ट्रकबाट खुद्रा सामान तथा प्र–२–०३–००१च२३९४ नम्बरको पिकअपबाट दुर्ई हजार छ सय किलो प्याज र बा.प्र–०३–००१ख०१८९ नम्बरको बसमा लोड रहेको चार सय किलो प्याज बरामद भएको र कारबाईको लागि आन्तरिक राजस्व कार्यालय, पथलैयामा बुझाएको जिपका, बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।