प्रस, जनकपुरधाम, १० माघ/
मधेस सरकारबाट राजीनामा दिएका जनमत पार्टीका दुवै मन्त्रीको राजीनामा स्वीकृत भएको छ । मङ्गलवार साँझ जनमतबाट संसदीय दलका नेतासमेत रहेका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा दिएका थिए ।
बुधवार प्रदेश प्रमुख हरिशङ्कर मिश्रले दुवैजना मन्त्रीको राजीनामा स्वीकृत गरेका हुन् । मधेस सरकारको वर्तमान मन्त्रिपरिषद्का दुर्ईजना मन्त्रीले नेपालको संविधानको धारा १६९ को उपधारा २० को खण्ड ‘क’ बमोजिम मन्त्री पदबाट राजीनामा दिएकाले मुख्यमन्त्रीको सिफारिशमा उनीहरूले सम्हालिआएका मन्त्रायलको कार्यभार मुख्यमन्त्री सरोजकुमार यादवलाई सम्हाल्ने गरी तोकिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुघ्न यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।