पानीविना यसरी सफा गरौं कम्बल/सिरक

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

चीसोको मौसममा कपडा सुकाउन निकै गा-हो हुन्छ । किनभने चीसोमा घाम राम्ररी लाग्दैन । भिजेको कपडालाई पङ्खा वा वाशिङ मेशीनको सहारामा सुकाउनुपर्छ, कपडा जसोतसो सुक्छ तर ग-हुँगो कम्बल र सिरक फोहोर भयो भने के गर्ने ? यसको पनि तरीका छ, पानीविना कम्बल, सिरक धुने र घामविना सुकाउने ।

पहिलो तरीकाः कम्बल, सिरकलाई भुइँमा राम्ररी पसार्नुस् । त्यसमाथि बेकिङ सोडा छर्कनुस् । आधा घण्टापछि ब्रसको मदतले कम्बल र सिरकलाई झारेर सफा गर्नुस् । यस्तो गर्दा कम्बल, सिरकमा रहेका ब्याक्टेरिया सजिलै सफा हुन्छ ।

दोस्रो सजिलो तरीकाः एउटा भाँडामा भिनेगर, बेकिङ सोडा र पानी मिसाएर मिश्रण तयार बनाउनुस् र यसलाई कम्बल–सिरकमा छर्किनुस् । कुनै तौलियाले कम्बल–सिरकलाई राम्ररी रगडेर पुछ्नुहोस् । त्यसपछि हावामा पसार्नुस्, यस्तो गर्दा कम्बल र सिरक सफा हुनुको साथसाथै दुर्गन्ध पनि हराउँछ ।

तेस्रो तरीकाः जब कम्बल र सिरकबाट दुर्गन्ध आउन थाल्छ, एउटा बोतलमा गुलाबजल र भिनेगर मिसाएर त्यो मिश्रण कम्बल तथा सिरकमा छर्कनुस् । आधा घण्टापछि कम्बललाई फैलाएर हावामा राख्नुस् । दुर्गन्ध गायब हुन्छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।