मन्त्रीका कारण अस्पताल लथालिङ्ग

प्रस, रौतहट, ६ माघ/ प्रादेशिक अस्पताल गौरका अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति रौतहटका अध्यक्ष महमद अनवर हासिमले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र सिंहका कारण अस्पतालको अवस्था लथालिङ्ग भएको आरोप लगाएका छन् । अस्पताल भवनमा शनिवार पत्रकार सम्मेलन गरी अध्यक्ष हासिमले अस्पतालमा दुईजना प्रमुख पठाएका कारण बिरामीको उपचार गर्ने अस्पताल आफैं बिरामी परेको बताए । डा […]

शहीद परिवारलाई रोजगार दिन्छौं

प्रस, वीरगंज, ६ माघ/ सामान्य प्रशासन मन्त्री अनीता साहले मधेस आन्दोलनका शहीदहरूलाई राष्ट्रिय मान्यता प्रदान गर्ने र उनका परिवारजनलाई रोजगारको व्यवस्था गरिने बताएकी छन् । जनमत पार्टी कार्यालय, पर्साले वीरगंजमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री साहले पहिले नाम मात्रको बलिदानी दिवस मनाइने गरिएकामा अहिले पार्टी अध्यक्ष डा सिके राउतको देनकै कारण देशव्यापीरूपमा बलिदानी दिवस मनाउन […]

माध्यमिक परीक्षा लक्षित गोष्ठी सम्पन्न

प्रस, वीरगंज, ६ माघ/ एम्सले शनिवार वीरगंजमा माध्यमिक शिक्षा परीक्षा लक्षित सेमिनार सम्पन्न गरेको छ । एम्सका प्रबन्धक सरोज पटेलको अध्यक्षतामा भएको सेमिनारको मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले उद्घाटन गरेका थिए । सो अवसरमा उनले वीरगंज पनि शिक्षाको हब बन्दै गएको बताए । उनले विज्ञान र लेखालगायतका विषयको अध्ययनका लागि अहिले वीरगंजबाहिर जानुपर्ने आवश्यकता […]

एकजना महिलासहित ३८ जनाद्वारा रक्तदान

प्रस, वीरगंज, ६ माघ/ २३औं सशस्त्र प्रहरी दिवस–२०८० को अवसरमा शनिवार सशस्त्र प्रहरी नेपाल पिलुवा, बाराले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ३८ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले सीमा खड्का, कारी ठाकुर, विक्रम श्रेष्ठ, मीनबहादुर थापा, राजु श्रेष्ठ, डिल्ली बस्नेत, कृष्ण सिंह, गोविन्द देउवा र यज्ञराज साहलगायतले रक्तदान […]

लथालिङ्ग रेडक्रसमा अहिले सुधार हुँदैछ –सभापति यादव

प्रस, रौतहट, ६ माघ/ ‘मानवसेवा धर्म हो, जहाँ दुःख–त्यहाँ रेडक्रस’ नाराको साथ शनिवार नेपाल रेडक्रस सोसाइटी उपशाखा महादेवपट्टिको १८औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै नेरेसो, रौतहट शाखाका सभापति राजकिशोरप्रसाद यादवले विगत केही वर्षहरूमा भएका गडबढीले रेडक्रस लथालिङ्ग भएको र अहिले सुधार हुँदै आएको बताए । रौतहटलगायत देशैभरिका रेडक्रस शाखाहरूको अवस्था नराम्ररी प्रभावित […]

स्वास्थ्य शिविर तथा कपडा वितरण

प्रस, सिम्रौनगढ, ६ माघ/ २३औं सशस्त्र प्रहरी दिवस–२०८० र सीमासँग सशस्त्र प्रहरी अवधारणा अन्तर्गत सिम्रौनगढ नगरपालिका–१ सशस्त्र प्रहरी बेस क्याम्पमा शनिवार निश्शुल्क स्वास्थ्य शिविर आयोजना र कपडा वितरण गरिएको छ । सशस्त्र प्रहरी नेपाल १२ नं हेडक्वार्टरको आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख किशोरीप्रसाद कलवारले उद्घाटन गरेका थिए । एक दिने स्वास्थ्य शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गरिएको […]

एनआई कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता, अल्पाइन स्कूल र ग्लोबल बिजनेश कलेज विजयी

प्रस, वीरगंज, ६ माघ/ नारायणी त्रिकेट मैदानमा जारी नेशनल इन्फोटेक (एनआई) कप–२०८० अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार दुईटा खेल सम्पन्न भए । ती खेलमा अल्पाइन स्कूल तथा ग्लोबल बिजनेश कलेज विजयी भएका छन् । आज सम्पन्न पहिलो खेलमा वीरगंज कलेजलाई ७५ रनअन्तरले पराजित गर्दै अल्पाइन विजयी भएको थियो । अल्पाइनले २० ओभरमा पाँच विकेट […]

विकासको लयलाई पछ्याउन सक्छौं ?

• ओमप्रकाश खनाल हामीले संयुक्त राष्ट्रसङ्घले तयार पारेको दिगो विकासको लक्ष्यलाई पछ्याएका छौं । यसको लागि सन् २०३० सम्ममा नेपाललाई मध्यम आयस्तरको विकासशील देश बनाउने उद्देश्य राखिएको छ, तर कसरी ? राष्ट्रिय योजना आयोगका अनुसार यो अभीष्टमा पुग्न नेपालीको अहिलेको करीब एक हजार डलर प्रतिव्यक्ति आयलाई पाँच गुणा बनाउनुपर्छ । विकासशील देशको सूचीमा उभिने शर्तका […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।