पूर्वराजाद्वारा गहवामाई मन्दिरमा पूजा

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ७ माघ/
पूर्वराजा ज्ञानेन्द्र शाहले आइतवार बिहान गहवामाई मन्दिरमा आएर पूजाअर्चना गरेका छन् ।

पुसको अन्तिम सातादेखि सिमरामा बसेका पूर्वराजा शाह आज पूर्वतयारीविना गहवामाई मन्दिरमा आएर सर्वसाधारणसरह दर्शन गरी पूजाअर्चना गरेका थिए ।

उनी आफ्नो निजी कारमा आएका र मुख्य सडकमा गाडी पार्किङ गरी मन्दिर दर्शन गर्न गएका थिए । पूर्वराजा शाह सर्वसाधारणसरह भक्तजनहरूसँग लाइन लागेर पूजा गरेका र टीका लगाएर फर्कने क्रममा उनको पहिचान खुलेपछि सर्वसाधारणले स्वागत गरेका थिए ।

छोरी प्रेरणा शाहसँग आएका उनले पुजारीको हातबाट टीका थापेपछि सर्वसाधारणले पूर्वराजा आएको थाहा पाएका थिए । त्यसपछि सो ठाउँमा भीड नै लागेको थियो र क्षाकर्मीहरू परिचालित भएका थिए ।

यही माघ १३ गते पूर्वराजा ज्ञानेन्द्रलाई वीरगंजमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय छ । यसअघि उनले मधेस प्रदेशका विभिन्न धार्मिकस्थलहरूमा पूजाअर्चना गर्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।