वीरगंजको गहवा निवासी नूर महमदलाई आजभोलि रामनामी झन्डा सिउन व्यस्त छन् । विगत सात दिनदेखि उनलाई झन्डा सिउन भ्याइनभ्याइ भएको छ ।
महावीर मन्दिरनिर दश तले भवननजीकै फूटपाथमा लामो समयदेखि सिलाइ गर्दै आएका नूर महमद अहिले ‘जय श्रीराम’ लेखिएको झन्डा सिउन व्यस्त छन् । मानिसहरू घरपसल, होटल तथा सवारीसाधनहरूमा रामनामी झन्डा लगाउन उनको पसलमा आउने गरेका छन् ।
नूर महमदले झन्डा सिलाइबापत शुल्क नमागे पनि आपूmखुशी दिनेहरू धेरै छन् । उनले मानिसहरूले आफूखुशी शुल्क दिएकाले कमाइ पनि बढेको बताए ।
उनले भने, “हिन्दू–मुस्लिम दाइभाइ हुन्, मिलेर बस्नुपर्छ, भेदभाव त पाखण्डीहरूले मात्र गर्छन् ।” उनले आपूm मुस्लिम समुदायको भएपनि हिन्दू धर्मावलम्बीहरूको झन्डा सिलाउन पाउँदा गर्व लागेको बताए ।