प्रस, वीरगंज, ७ माघ/
मोटरसाइकल दुर्घटनामा आइतवार बिहान दुईजना युवकको घटनास्थलमैं मृत्यु भएको छ ।
वीरगंज–१५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पतालनजीकैको सडकमा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नेशनल मेडिकल कलेज, वीरगंजमा अध्यनरत बारा, हर्दिया निवासी २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला निवासी २३ वर्षीय सुमीत यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
दुवैजना वीरगंजको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबिबिएस अध्यनरत विद्यार्थी रहेको उनले बताए ।
भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रनाउ थापाले बताए । दुवैजनाको शव शल्यपरीक्ष्Fणको लागि नारायणी अस्पतालमा लगिएको छ ।