सशस्त्र प्रहरी दिवसको अवसरमा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ७ माघ/
२३औं सशस्त्र प्रहरी दिवसको अवसरमा आइतवार सशस्त्र प्रहरी बल नेपाल १३ नं गण हेडक्वार्टर वीरगंजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन् ।

रक्तसञ्चार केन्द्र, वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले आज सम्पन्न रक्तदान कार्यक्रममा सङ्गम श्रेष्ठ, दीपेन्द्रबहादुर मल्ल, अरुण विक्रम बस्नेत, सन्तोष न्यौपाने, सञ्जीवकुमार यादव, मनोज कुम्हाल, सोमबहादुर दमाई, देवरतन महतो, प्रदीप ओली, राजाबाबू साह, राजेन्द्र सुनार, राजा हुसेन आलम, ओमबहादुर गुरुङलगायतले रक्तदान गरेको बताए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।