सोमवार सीतारामको झाँकी, महायज्ञ र दीप प्रज्वलन कार्यक्रम

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

नितेश कर्ण, वीरगंज, ७ माघ/
हिन्दू परिषद् नेपालले आइतवार नेपाल पत्रकार महासङ्घ, पर्सामा पत्रकार सम्मेलन गरी सोमवार वीरगंजमा झाँकी प्रदर्शन गर्ने जनाएको छ ।

हिन्दू परिषद् नेपालका अध्यक्ष बृजेश मल्लिकले सोमवार बिहान ८ बजे घण्टाघरबाट भगवान् रामसीताको विभिन्न झाँकीसहित नगरपरिक्रमा गर्ने बताए ।

उनले अयोध्याबाट आएको चिठीलाई वीरगंजको घरघरमा पु-याएको र माघ ८ गते साँझ घरघरमा दीप प्रज्वलन गरिने बताए ।

भारतको अयोध्यामा राममन्दिरको प्राणप्रतिष्ठा हुने दिन जय श्रीराम नाम जप गर्दै वीरगंजको मुख्य सडकमा यसको प्रत्यक्ष प्रसारण गरिने बताए ।

त्यस्तै, गायत्री परिवार पर्साले वेद माता गायत्री शक्तिपीठ छपकैयामा पाँच कुण्डीय गायत्री महायज्ञ गरिने सचिव छोटेलाल प्रसादले बताए । सो दिन गहवामाई मन्दिरमा पनि सवा लाख दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।