शहीद परिवारलाई रोजगार दिन्छौं

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ६ माघ/
सामान्य प्रशासन मन्त्री अनीता साहले मधेस आन्दोलनका शहीदहरूलाई राष्ट्रिय मान्यता प्रदान गर्ने र उनका परिवारजनलाई रोजगारको व्यवस्था गरिने बताएकी छन् ।

जनमत पार्टी कार्यालय, पर्साले वीरगंजमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री साहले पहिले नाम मात्रको बलिदानी दिवस मनाइने गरिएकामा अहिले पार्टी अध्यक्ष डा सिके राउतको देनकै कारण देशव्यापीरूपमा बलिदानी दिवस मनाउन शुरू भएको बताइन् । जनमत पर्साका अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको छलफल कार्यक्रममा कार्यकर्ताहरूले मन्त्री साहसँग विभिन्न जिज्ञासाहरू राखेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य सिपु तिवारी, सञ्जय साह, चन्दन चौहान, राजेश चौरसिया, पूर्णिमा चौहान, नजमा खातुन, पूर्व वरिष्ठ प्रहरी उपरीक्षक अनुराग द्विवेदी, अनीता रौनियार, अमरनाथ सिंहलगायतको सहभागिता थियो । कार्यक्रममा केन्द्रीय सदस्य श्याम गुप्ताले स्वागत र शशी पाण्डेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।