माध्यमिक परीक्षा लक्षित गोष्ठी सम्पन्न

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, वीरगंज, ६ माघ/
एम्सले शनिवार वीरगंजमा माध्यमिक शिक्षा परीक्षा लक्षित सेमिनार सम्पन्न गरेको छ ।

एम्सका प्रबन्धक सरोज पटेलको अध्यक्षतामा भएको सेमिनारको मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले उद्घाटन गरेका थिए । सो अवसरमा उनले वीरगंज पनि शिक्षाको हब बन्दै गएको बताए । उनले विज्ञान र लेखालगायतका विषयको अध्ययनका लागि अहिले वीरगंजबाहिर जानुपर्ने आवश्यकता नरहेको बताए । नेशनल इन्फोटेकका मनीष सिंहले कक्षा ११ मा भर्ना लिंदा गा-हो नहुने बताए । प्रतीक दैनिकका शिक्षा स्तम्भकार अनन्तकुमारलाल दासले विद्यार्थीहरू आफ्नो लक्ष्यप्रति इमानदार हुनुपर्ने बताए । उनले विद्यार्थीहरूलाई कठोर परिश्रम गर्न सुझाए ।

पत्रकार चन्द्रकिशोर झाले परीक्षाको लागि बाँकी रहेको समयलाई आप्mनो आत्मविश्वास र क्षमताको प्रयोग गरी उपयोग गर्न सुझाएका थिए ।

पर्सा र बाराका विभिन्न विद्यालयहरूका करीब ८८५ विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा विषयगत र शिक्षा मन्त्रालयसँग आबद्ध लेखक र विज्ञ प्रशिक्षकहरू क्रमशः विज्ञान र प्रविधिका डा चिन्तामणि पन्थी, नेपालीका दीपक शर्मा र प्रभाती किरण, सामाजिकका नारायण खतिवडा, अङ्ग्रेजीका सरोज पटेल तथा गणितका नवराज पाठकले ग्रेडिङ प्रणाली नहटेको र विद्यार्थीहरूलाई परीक्षामा सफल हुनका लागि ३५ प्रतिशत अङ्क ल्याउन र हरेक विषयको प्रायोगिक परीक्षामा के र कति अङ्क हासिल गर्न सकिन्छ स्वयंद्वारा अनुमान गर्न सकिने बताए । उनीहरूले परीक्षामा कस्तो प्रश्न आउने, भयरहित भई त्यसको जवाफ कसरी लेख्ने र के गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिएका थिए ।

आफूले अध्ययन गर्ने पुस्तकका लेखकहरू उपस्थित भएर थप कुरा बताउँदा सहभागी विद्यार्थीहरू खुशी भएका थिए । शिक्षा क्षेत्रमा लामो अनुभव बटुलेका गौतम, त्रिजुद्ध, त्रिभुवन हनुमान, नृसिंह, कादम्बरी, जिएचपी माविलगायत पर्सा र बाराका विभिन्न विद्यालयहरूका प्रधानाध्यापकहरू, विषयगत शिक्षकहरूको सहभागिता थियो । कार्यक्रमको सहजीकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।