प्रस, सिम्रौनगढ, ३ माघ/
सिम्रौनगढ नगरपालिका–२ अमृतगंज रानीवासस्थित भव्य रामजानकी मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।
नगरप्रमुख किशोरीप्रसाद कलवारको नेतृत्वमा सरसफाइ गरिएको हो । मन्दिर वरिपरि, पूmलवाटिका, मेनगेटलगायत स्थानको सरसफाइ गरिएको थियो । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा मूर्ति प्राणप्रतिष्ठान भएपछि यहाँको रामजानकी मन्दिरमा पनि दीपावली गर्ने भएकोले सरसफाइ गरिएको नगरप्रमुख कलवारले बताए ।
सरसफाइ कार्यक्रममा कर्मचारी, बालाजी सनातन धर्म रक्षा मञ्चका स्वयंसेवक, इप्रका सिम्रौनगढका प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायतको सहभागिता थियो ।