पूर्वराजा शाहद्वारा रौतहट शिवनगर मन्दिरमा पूजाअर्चना

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, रौतहट, २ माघ/
पूर्वराजा ज्ञानेन्द्र शाहले शिवनगरस्थित महादेव मन्दिरमा मङ्गलवार पूजापाठ गरेका छन् । केही दिनअघि सिमरा आएका पूर्वराजाले यस क्षेत्रको धार्मिकस्थलमा पूजाअर्चना गर्ने कार्यक्रम तय भए अनुसार आज शिवनगर चोकबाट पैदल हिंडेर मन्दिर पुगेर पूजाअर्चना गरेका थिए ।

सो क्रममा समर्थकहरूले बाटोमा पूर्वराजालाई फूलमाला लगाइ स्वागत गरेका थिए । समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’को नारा लगाएका थिए । पूर्वराजा शाहको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।